बिमा शुल्क संकलनभन्दा दाबी भुक्तानी बढी
११ मंसिर, काठमाडौं । नेपाल सरकारको स्वाथ्य बिमा कार्यक्रममा बिमा शुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि सुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आव कात्तिक मसान्तसम्ममा २ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।
तर सोही अवधिमा ग्राहकलाई रु ३ अर्ब ६१ करोड १२ लाख दाबी भुक्तानी भएको आर्थिक अभियान दैनिकमा खबर छ । संख्यात्मक आधारमा स्वास्थ्य बिमामा आम जनताको उत्साहजनक सहभागीता देखिन्छ । साढे ३ वर्षको अवधिमा ४९ जिल्लाका ८ लाख १५ हजार १ सय १६ परिवारले स्वास्थ्य बिमा गरेका छन् ।
हालसम्म यस्तो सेवासुविधा प्रयोग गरेबापत् ७ लाख ८५ हजार ६ सय २९ परिवारले दाबी भुक्तानी लिएको बोर्डले जनाएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०८:२७