३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रधानमन्त्री अोलीसहित प्रदेश ५ का मुख्यमन्त्री शान्ति र्‍यालीमा सहभागी

१७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी हुनुभएको छ । लुम्बिनीबाट सुरु भएको शान्ति र्‍यालीमा करिव २० मिनेट प्रधानमन्त्री सहभागी हुनुभएको थियो ।

र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी हुनुहुन्थ्यो । त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिरको निरीक्षण गर्नुभएको थियो भने अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको निरीक्षण गर्नुभएको थियो । आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आउनुभएका प्रधानमन्त्री सोमबार नै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ०९:५४