३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कांग्रेस भित्रै देउवा निरीह, कार्यसम्पादन र संसदीय समिति विघटनको प्रस्ताव वैठकमा पेश

१६ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति अन्ततः निरीह सावित भएका छन । विधान विपरीत बनेको कार्यसम्पादन समिति र संसदीय समिति विघटन नगर्ने र उक्त प्रस्ताव महामन्त्री मार्फत केन्द्रीय समितिको बैठकमा जान नदिनलाई अनेकन झमेला सिर्जना गरे पनि अन्नततः असफल भएका छन ।

केन्द्रिय समिति बैठकमा महामन्त्री शशांक कोइरालाले विधान विपरीत बनेको कार्यसम्पादन समिति र संसदीय समिति विघटनको प्रस्ताव गरेका हुन । महामन्त्री कोइरालाले बैठकमा पेश गरेको पार्टीको भावी रणनीतिसहितको प्रतिवेदनमा कार्यसम्पादन समिति र संसदीय समिति विघटनको प्रस्ताव गरेको कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार १९:३६