१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम प्रदेश-३ का सबै जिल्लामा विस्तार गरिने

४ मंसिर, हेटाैँडा । नमूना परियोजनाको रुपमा गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ । प्रदेशको सामाजिक मन्त्रालयले गत आर्थिक वर्षमा सिमान्तकृत जाती समुदाय, ज्येष्ठ नागरिक, द्वन्द्वपीडितलगायत दायरा निर्धारण गरेर मात्र मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम सञ्चालन गरेको भए पनि यस आर्थिक वर्षदेखि भने सम्पूर्ण नागरिकलाई समेट्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा निर्धारण गरिएको दायरालाई फराकिलो बनाउँदै मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा सबै नागरिकलाई २५ प्रतिशत छुट दिने गरी कार्यक्रम बनाएर काम गर्न लागिएको मन्त्री दुलालले जनाकारी दिनुभयो । यो कार्यक्रम पहिलो वर्ष नमूना कार्यक्रमको रुपमा परीक्षणस्वरुप प्रदेशका पाँच वटा अस्पतालबाट शुरु गरिएको भए पनि चालु आर्थिक वर्षमा भने प्रदेश मातहतका आठ अस्पताल र स्थानीय तहका वा सङ्घीय सरकारले सञ्चालन गरेका अस्पतालमा शुरु गर्न लागिएको हो ।

प्रकाशित मिति : November 20, 2019 at 6:00 pm