२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

वडा अध्यक्षको भाइ हुँ भन्दै बस चालकको नाक भाँच्ने नुवाकोटका शिक्षक धर्मदत्त भट्ट पक्राउ

१५ कात्तिक, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका एउटा अनौठो घटना भएको छ । घटना कात्तिक ११ गतेको भए पनि प्रहरीले शुक्रबार जानकारी दिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ का एक स्थानीय शिक्षकले गाउँकै एक बस चालक (जो साहुजी पनि आफैँ छन) को नाकको डाँडी भाँचिदिएका छन । किस्पङ ३ मा रहेको ऐशलु भुमे माविका प्रावि शिक्षक धर्मदत्त भट्टले स्थानीय खुलप्रसाद भट्टको रडले हानेर नाक भाँचेका हुन ।

शिक्षक भट्टले आफू वडाको अध्यक्षको भाइ हुँ भन्दै नाकको डाँडीमा हानेको पीडितले बताएका छन । उनले केही सल्लाह गर्नु छ भनि बोलाएर कुटपिट गरेको पीडित भट्टले प्रहरीमा बताएका छन । जिल्ला प्रहरी कार्यालमा किटानी जाहेरी पश्चात दुबै पक्षबीच छलफल गराएर प्रहरीले मिलाउने कोशिश गरेपनि पीडित पक्षले न्यायको याचना गरेपछि प्रहरीले वडा अध्यक्षको भाइ भन्दै कुटपिट गर्ने धर्मदत्त भट्टलाइ पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

५२ वर्षीय शिक्षक भट्ट किस्पाङ २ का वडा अध्यक्ष देवनाथ भट्टका भाइ हुन । भट्टलाइ थुनामै राखेर अनुस्न्धान गर्न शुक्रबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले अदालतबाट हिरासतमा राख्ने म्याद थप गरेको छ । भट्टमाथि यौन दूर्व्यवहारको समेत आरोप स्थानीयले लगाएका छन । यद्यपी सो विषयमा प्रहरीमा कुनै उजुरी भने परेको छैन ।

प्रकाशित मिति : November 1, 2019 at 10:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/