९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

हिरासतमा जान महराले रोजेको रातो कार, पक्राउ अघि प्रहरीसँग किचकिच

१९ असोज, काठमाडाैँ । जबर्जस्ती करणीको मुद्दामा पक्राउ परेका कृष्णबहादुर महराले रातो कार रोजेका छन । प्रहरीको अभियुक्त बोक्ने सामान्य गाडीमा जान नमानेपछि प्रहरीले उनको अनुरोध अनुसारकै रातो गाडीमा हालेर महानगरीय प्रहरी वृत सिंहदरबार लगेको छ । उनले प्रहरीलाइ अझै मेरो बेइजत गर्न पुगेको छैन भन्दै व्यंग्य समेत गरेका थिए । महरालाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएलगत्तै महरालाई नियन्त्रणमा लिएको हो । महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउने गरी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

महरालाइ महानगरीय प्रहरी बृत सिंहदरबारको हिरासतमा राखिएकोछ । शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा नियन्त्रणमा परेका हुन । असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिएन। आरोप लागेसँगै असोज १४ गते मंगलबार सभामुख पदबाट महराले राजिनामा दिएका थिए । नेकपाले सांसद पदबाट समेत राजिनामा दिन अनुरोध गरे पनि महराले अटेर गर्दै अाएका छन । उनले सभामुखबाट राजिनामा दिँदासमेत निलम्बनको स्वघोषणा जस्तो गरेपछि फेरि राजिनामा पत्र बुझाएका थिए ।

यो पनि पढ्नुहोस्

-जबर्जस्ती करणीको मुद्दामा कृष्णबहादुर महरा पक्राउ, हिरासतमा राखेर अनुसन्धान गरिने

-याैन दूर्व्यवहारको अभियोग लागेका निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति

-रोशनीले किटानी जाहेरी दिएसँग महरा प्रकरण नयाँ मोडमा, महराको दशैँ हिरासतमा हुने संकेत

-फौजदारी अपराधको ढाकछोप गर्न प्रतिरक्षा र पैरवी सभ्य मानिसहरूलाई सुहाउदैनः उपप्रमुख थापा

-महराको उत्तेजना माथि बाबुरामको पत्र, खुला रूपले अपराध स्वीकार गरी प्रायश्चित्त गर्नुस्

-महरा-रोशनी प्रकरणः प्रहरी अनुसन्धान सुस्त, विदेशी चासो व्यापक र तीव्र

-महराले रोशनी निवासमा १ घण्टा १९ मिनेट बिताएकाे प्रहरी अनुसन्धानबाट पुष्टि 

प्रकाशित मिति : October 6, 2019 at 6:42 pm