जबर्जस्ती करणीको मुद्दामा कृष्णबहादुर महरा पक्राउ, हिरासतमा राखेर अनुसन्धान गरिने
१९ असोज, काठमाडाैँ । जबर्जस्ती करणीको मुद्दामा कृष्णबहादुर महरा पक्राउ परेका छन । निर्वतमान सभामुख महरालाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएलगत्तै महरालाई नियन्त्रणमा लिएको हो । महरा निवासमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउने गरी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा नियन्त्रणमा परेका हुन । असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिएन। आरोप लागेसँगै असोज १४ गते मंगलबार सभामुख पदबाट महराले राजिनामा दिएका थिए । नेकपाले सांसद पदबाट समेत राजिनामा दिन अनुरोध गरे पनि महराले अटेर गर्दै अाएका छन । उनले सभामुखबाट राजिनामा दिँदासमेत निलम्बनको स्वघोषणा जस्तो गरेपछि फेरि राजिनामा पत्र बुझाएका थिए ।
यो पनि पढ्नुहोस्
-याैन दूर्व्यवहारको अभियोग लागेका निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति
-रोशनीले किटानी जाहेरी दिएसँग महरा प्रकरण नयाँ मोडमा, महराको दशैँ हिरासतमा हुने संकेत
-फौजदारी अपराधको ढाकछोप गर्न प्रतिरक्षा र पैरवी सभ्य मानिसहरूलाई सुहाउदैनः उपप्रमुख थापा
-महराको उत्तेजना माथि बाबुरामको पत्र, खुला रूपले अपराध स्वीकार गरी प्रायश्चित्त गर्नुस्
-महरा-रोशनी प्रकरणः प्रहरी अनुसन्धान सुस्त, विदेशी चासो व्यापक र तीव्र
-महराले रोशनी निवासमा १ घण्टा १९ मिनेट बिताएकाे प्रहरी अनुसन्धानबाट पुष्टि
प्रकाशित मिति : 17:04









