११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

रोशनीले किटानी जाहेरी दिएसँग महरा प्रकरण नयाँ मोडमा, महराको दशैँ हिरासतमा हुने संकेत

१८ असोज, काठमाडाैँ । रोशनी शाहीले किटानी जाहेरी दिएसँगै याैनहिंसाका अभियोग लागेका निवर्तवमान सभामुख कृष्णबहादुर महराको दशैँ नै हिरासतमा हुने संकेत दिएको छ । प्रहरीसँग पटक पटकको छलफलपछि श्रीमतिलाइ डिभोर्स दिएको भनिएका रोशनीका श्रीमान चित्रजंग शाही र रोशनी स्वयं महानगरीय प्रहरी वृत बानेश्वरमा गएर महाराविरूद्ध किटानी जाहेरी दिएका छन । महराले भने याैन दूर्व्यवहारको अभियोगसँगै पदबाट राजिनामा दिइसकेका छन ।

बानेश्वर वृत्तका प्रहरी अधिकारीका अनुसार रोशनीले जबरजस्ती करणी उद्योगमा किटानी जाहेरी दर्ता गरेकी छिन् । स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा  आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी समेत गरेकी थिइन् ।

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए । तर शुक्रबार दुबैजना सँगै गएर जाहेरी दिएका छन । शाहीको जाहेरीसँगै प्रहरीले महराविरूद्ध पक्राउ पुर्जी जारी गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ । उनी अनुसन्धानका लागि पक्राउ परे भने उनको दशैँ हिरासतमै बित्ने छ ।

 

प्रकाशित मिति : 13:20