१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

महराले रोशनी निवासमा १ घण्टा १९ मिनेट बिताएकाे प्रहरी अनुसन्धानबाट पुष्टि 

१६ असोज, काठमाडाैँ । यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाहीले मंगलबार साँझ आफ्नो बयान फेरेपनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतकाअनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।

साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । १ घण्टा १९ मिनेटमा उनी त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट महरा सोझै सभामुख निवास पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ । याे समाचार आजकाे कान्तिपुर दैनिकमा छापीएकाे छ ।

प्रकाशित मिति : 08:00