७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

हतारमा पार्टी एकता गरेर पछुताउनु भन्दा अहिले समय लिनु उचितः अध्यक्ष दाहाल


११ वैशाख, चितवन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले हतारमा पार्टी एकता गरेर पछुताउनु भन्दा अहले समय लिनु उचित भएकाे बताएका छन् । पार्टी एकतामा त्यस्तो जटिल केही नरहेको जानकारी दिँदै उनले दुई चार दिन ढिलो होस् तर राम्रो होस् भन्नेतर्फ आफूहरुको ध्यान गएको बताएका छन् ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे ५ मा पार्टी एकताकाे घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए ।

दुई पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेका कारण एकतामा ढिलाइ भएको स्वीकार्दै उनले भने, “प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो । म पनि व्यस्त नै छु । यसले थोरै ढिलो भएको हो ।” समय निकालेर छलफलमा बसेमा कुरो टुंग्याउँछौं ।

 

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार १८:५७