१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

शीघ्र महाधिवेशनको माग गर्दै कांग्रेस युवा नेताहरुले पेश गरे ५० पन्ने दस्तावेज

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले शीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तावेज पेश गरेका छन् । आज बसेको कार्यसमिति बैठकमा केन्द्रीय सदस्य गगन थापाले ५० पन्ने दस्तावेज पेश गरेका हुन् । नियमित प्रक्रियाबाट जाँदा महाधिवेशन हुन दुई वर्ष लाग्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै महासमिति बैठकबाटै संशोधित विधान पारित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने दस्तावेजमा बताइएको छ ।

पार्टीको नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि थाकेको नेतृत्वलाई सत्ताको सुम्पँदा सिङ्गो पार्टीले क्षति बेहोर्नु परेको बताइएको छ ।
उनीहरुले पार्टी सभापतिलाई शीघ्र महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

कम्युनिष्ट गठनबन्धनले के गर्ला भनेर कुर्दा अव आउने चुनावमा पनि पहिलेकै चुनावमा जस्तै हार वेहोर्नुपर्ने भन्दै पार्टीलाई बलियो बनाउनको निमित्त यथासिघ्र महाधिवेशन गर्न माग गर्दै उक्त ५० पन्ने दस्तावेज पेश गरेको हो ।

 

प्रकाशित मिति : April 24, 2018 at 12:35 pm