१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

साँढे ३३ किलो सुन प्रकरणमा पक्राउ पर्नेको लस्करः पूर्व डिआईजी गोविन्द निरौला पक्राउ

९ बैशाख, काठमाडौं ।  साँढे ३३ केजी सुन प्रकरणमा प्रक्राउ पर्नेको लस्कर नै लागेको छ । यो अनुसन्धानले संगठित रुपमा सुन तस्कीरीमा संलग्नहरुको जालोे च्यातिने अवस्था देखिएको छ । ३३ किलो सुनकै तस्करीमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीले आज पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।

सुन प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । निरौलाले गत चैत २९ मा आइजी प्रकाश अर्यालसँगै अबकाश पाएका थिए । विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्त सुन तस्करीमा रहेको बुझिएको छ । प्रहरीले ३३ किलो सुन प्रकरणमा संलग्नहरुलाई हरेक दिनजसो पक्राउ गरिरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार १९:४६