इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित (सबैको मतपरिणामसहित)
९ बैशाख, काठमाडाैँ । नेपाल शैक्षिक परामर्श संघ इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गरे । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।
उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर महेशबाबु तिमल्सिना प्रथम उपाध्यक्ष भए । उनले १७९ मत ल्याए । त्यस्तै राजेन्द्र रिजालले १७६ मत र देविदास भट्टराईले १६९ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो उपाध्यक्ष भए ।
तिमल्सिना र रिजाल बस्नेत समूहबाट उम्मेदवार थिए भने भट्टरार्इ पाण्डे समूहबाट उम्मेदवार थिए । उपाध्यक्षमा पराजित सपना राजभण्डारी, खड्ग ताम्लिङले क्रमशः १५८ र १४३ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षका उम्मेदवार उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत ल्याए ।
त्यस्तै महासचिव पदमा पाण्डे समूहबाट उम्मेदवार बनेका शेषराज भट्टराईले ६६ मतको विशाल अन्तरले सन्तोष प्याकुरेललाई पराजित गरे । भट्टराईले २०३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्याकुरेलले १३७ मत मात्रै ल्याए ।
त्यस्तै सचिव पदमा दीपकराज भुसाल र बिक्रम केसी विजयी भएका छन् । भुसालले १८७ मत प्राप्त गर्दा केसीले १४१ मत ल्याएर विजयी भए । भुसाल पाण्डे समूह र केसी बस्नेत समूहबाट उम्मेदवार थिए । त्यस्तै सचिव पदमा पराजित उम्मेदवारहरु ज्ञानेन्द्रमान जोशीले १३९ र सोमबहादुर कँडेलले १२३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा गोविन्द अधिकारी विजयी भए । उनले १९३ मत ल्याए । उनी पनि पाण्डे समूहका उम्मेदवार थिए ।सोही पदमा पराजित उम्मेदवार सूर्यबहादुर डाँगीले १४१ मत ल्याए । त्यस्तै सह–कोषाध्यक्षमा पाण्डे समूहकी उम्मेदवार निरुपमा महर्जन विजयी भइन । उनले १७० मत ल्याइन भने । पराजित उम्मेदवार राकेश श्रेष्ठले १५६ मत ल्याए ।
त्यस्तै सदस्यहरुमा पाण्डे समूहका बासुदेव दाहाल ९२०९० ले पपुलर मत ल्याए । अन्य सदस्यमा कर्णबहादुर गुरुङ ९१८७०, सुस्मा आचार्यले ९१८६०, सुदन चौहान ९१८६० मत ल्याएर विजयी भए ।
त्यस्तै, विजयी हुने अन्य सदस्यहरुमा बालकृष्ण ९बिके० श्रेष्ठ ९१८५०, प्रकाश श्रेष्ठ ९१७५०, सुनिता था श्रेष्ठ ९१७१० र यज्ञविलास पौडेल ९१६२० र प्रशान्त शाहले ९१५७० मत प्राप्त गरे । सदस्यमा बस्नेत समूहबाट सुनिता था श्रेष्ठ र प्रशान्त शाह मात्रै विजयी भए ।
त्यस्तै, अन्य सदस्यहरुमा महेश कुमार श्रेष्ठ ९१५४०, दीपक कोइराला ९१४९०, नवराज खत्री ९१४३०, हरिराम लामिछाने ९१३७०, पुष्पराज भट्टराई ९१३६०, सोवित श्रेष्ठ ९१३०० मणिराम राउत ९११९० र मनोरथ प्रसाद शाह ९१०५० मत प्राप्त गरे ।
प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार ०७:५५