१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

एमाले–माओवादीले कम्युनिष्ट पार्टीको स्थापना दिवससँगै मनाउने

८ बैशाख, काठमाडौँ । नेकपा (एमाले) का नेता केशव बडालले एमाले र नेकपा (माओवादी केन्द्र)ले आइतबार संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको अन्तक्र्रियामा उहाँले एमाले–माओवादी केन्द्रबीचको एकता नचाहने शक्तिहरु चलायमान भएको भए पनि त्यो पूरा नहुने बताउनुभयो । नेता बडालले वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि समय अभावका कारण केही दिन पछि धकेलिएको बताउनुभयो ।

मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा प्रधानमन्त्री दृढ रहेको उल्लेख गर्दै उहाँले अहिले प्रधानमन्त्रीको कामको विरोध गर्नेभन्दा प्रशंसा गर्ने धेरै भएको बताउनुभयो ।

भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रुपमा सम्बन्ध अघि बढाउन प्रधानमन्त्री ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले भन्नुभयो, “विगतमा नेपाल–भारतबीच कर्मचारीस्तरमा सम्बन्ध थियो, तर अहिले राजनीतिक तहबाटै सम्बन्ध अघि बढेको छ ।” रासस

प्रकाशित मिति : April 21, 2018 at 9:54 pm