१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

महोत्तरीको रामनगर जंगलबाट सूर्य नेपालका कर्मचारी लुटिए

८ वैशाख, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट सूर्य नेपाल डिलरका कर्मचारी लुटिएका छन् । आज बेलुकी गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद रु नौ लाख र एकथान मोबाइल लुटेको छ ।

बर्दिवासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको रु नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको हो ।

जिल्लाको औरही, गौशालालगायतका बजारबाट पैसा संकलन गरी ज१च ८९९ नंको बोलेरोमार्फत साँझको समयमा बर्दिवासतर्फ जाँदै गरेको अवस्थामा बीच जंगलमा पुगेपछि सो लुटपाट भएको सशस्त्र प्रहरी बेसक्याम्प रामनगरले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाले दिएको जानकारीअनुसार सूर्य नेपालको बर्दिवासस्थित डिलरबाट खटिएका कर्मचारी उद्धव पराजुलीसँग मोटरसाइकलमा आएका केही अपरिचित समूहले गाडी रोकी लुटपाट गरेको हो ।

यता घटनाको सम्बन्धमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार २१:१४