८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कान्तिपुरको प्रधान सम्पादकबाट नारायण वाग्ले पदच्यूत, सुधिर शर्मा पुनः फर्किए

-अनुजकुमार श्रेष्ठ

९ भदाै, काठमाडाैँ । कान्तिपुरको प्रधानसम्पादकमा सुधिर शर्माको पुनरागम भएको छ । १० वर्षपछि कान्तिपुरको नेतृत्वमा छिरेका नारायण वाग्ले १३ महिनामै पदच्युत भएका छन । वाग्ले २०७५ असार २९ गते कान्तिपुरको प्रधानसम्पादकको रूपमा प्रवेश गरेका थिए । भारतीय पत्रिका टाइम्स अफ इण्डियाका रजनिशलाई अध्यक्षपछिको वरीयता दिएर एक वर्ष अघिनै कान्तिपुरले भित्र्याएको थियो उनै योजनामा नारायण वाग्लेलाइ पुन कान्तिपुर फर्काइएको थियो तर उनीहरू दुबैले काम गर्न नसकेपछि दुबैलाइ पदच्युत गरिएको हो ।

रजनिश शुक्रबार नै राजिनामा दिएर बिदा भएका छन भने वाग्ले सोमबार राजिनामा दिएर विदा भएका छन । प्राविधिक रूपमा राजिनामा गराए पनि पदच्युत गरेको कान्तिपुर व्यवस्थापन स्रोतले जनाएको छ । कुनैसमय ३२ पेजमा प्रकाशित हुने कान्तिपुर हाल १६ देखि २० पेजमा प्रकाशित हुँदा पनि विज्ञापन रहित पढ्न पाइएको भन्दै पाठकहरूले खुशी व्यक्त गर्दै अाएका छन ।

प्रकाशित मिति : August 26, 2019 at 3:17 pm