पुडासैनी मृत्यु प्रकरण: लामिछाने समर्थकले निषेधित क्षेत्र ताेड्दै प्रहरी माथि गरे आक्रमण
८ भदाै, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि रवि लामिछाने समर्थकले निषेभित क्षेत्र ताेड्दै प्रहरीमाथि आक्रमण गरेका छन् ।

भरतपुरको चौबिसकोटीमा लामिछाने समर्थक र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ । लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तोडफोड गरेका छन् ।
प्रकाशित मिति : August 26, 2019 at 2:27 pm









