८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रवि लामिछाने र युवराज कँडेलकाे बयान सुरू

८ भदाै, चितवन । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चार कर्मी रवि लामिछाने युवराज कँडेलकाे जिल्ला अदालतमा बयान सरू भएकाे छ । सरकारी वकिलकाे कार्यालयले आराेपी तीन जनालाइ हिजाे नै अदालतमा पेश गरेकाे भएपनि रूकु कार्कीकाे मात्रै बयान भयकाे थियाे ।

आज दुइजनाकाे बयानपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसका आधारमा उनीहरूलाइ थुनामा राख्ने धराैटी या साधारण तारेखमा छाड्ने निर्णय हुने छ । आत्महत्या दुरूत्साहनकाे अभियाेग प्रमाणित भएमा पाँच वर्षसम्मकाे कैद र पचास हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : August 26, 2019 at 12:20 pm