नेकपा सचिवालयको बैठक धुम्बाराहीमा सुरु
९ भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराही सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।
दिउँसो १ बजे बोलाइएको बैठक २ घण्टा अगाडि बिहान ११ बजे बस्ने भनिएको भए पनि बैठक मध्यान्ह १२ बजे सुरु भएको हो । बैठकमा पार्टी एकताका बाँकी काम अघि बढाउने विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति : 12:39









