‘मृगौलाले काम गर्न छाडे राम्रो हुन्छ’ भन्दै प्रधानमन्त्रीको स्वास्थ्यबारे लेख्ने नेविसंघ कार्यकर्ता पक्राउ
८ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा गलत धारणा उल्लेख गर्ने नेपाल विद्यार्थी संघका एक कार्यकर्ता पक्राउ परेका छन । प्रधानमन्त्रीको बारेमा गतल समाचार लेखिएको एउटा ब्लग सेयर गर्दै हृदय उपाध्याय गलत अाशयले प्रधानमन्त्री मरोस भनेर कामना गर्ने नेविसंघका कार्यकर्ता हृदय उपाध्याय पक्राउ परेका हुन । उपाध्ययले ‘मृगौलाले काम गर्न छाडे जे हुन्छ, राम्रो हुन्छ’ भन्दै स्टाटस लेखेका थिए ।

उनी कैलाली जिल्ला लम्कीचुहा नगरपालिकाका स्थायी बासिन्दा हुन ।अपराध महाशाखा टेकुको निर्देशनमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय लम्कीले आइतबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयले अपराध महाशाखा टेकुले साइबर अपराध अन्तर्गत पक्राउ गर्न दिएको आदेशका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित मिति : 21:39









