आजै सबै प्रक्रिया टुंग्याउन संभव छैन,रविसहित तीनै जना प्रहरी हिरासतमा रहने
८ भदाै चितवन । नुवाकाेटका पत्रकार सालिकराम पुडासैनीकाे आत्महत्या दुरूत्साहन अभियाेगमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तीनजना विरूद्ध आज जिल्ला अदालतमा अभियाेग पत्र दायर भएकाे छ । चितवन प्रहरीर केन्द्रिय अनुसन्धान व्युराेकाे टाेलीले अनुसन्धान पुरा गरेपछि संचारकर्मी रवि लामिछाने युवराज कक्डेल र रूकु भनिने अस्मिता कार्की विरूद्ध सरकारी वकिलकाे कार्यालय चितवन जिल्ला अदालतमा खभियाेग पत्र दायर गरेकाे हाे ।

जिल्ला न्यायधिवक्ता यदु शर्माले प्रहरीकाे अनुसन्धानबाट प्राप्त सम्पुर्ण विवरण अध्यायन पश्चात चितवन जिल्ला अदालतमा अभियाेग पत्र दायर गरेकाे जनाएका छन् । आजै सबै प्रक्रिया टुंग्याउन संभव नरहेकाे न्यायधिवक्ता शर्माले जनाएका छन् । प्रकिया लामाे रहेकाे बयान पछि थुनछेक बहस हुने र आजै मुद्दा नटुंगिने न्यायाधिवक्ता शर्माले जनाएका छन् । आज मुद्दाकाे फैसला हुन नसके तीनै जना प्रहरी हिरासतमा रहने न्यायाधिवक्ता शर्माले जानकारी दिए । आत्महत्या मुद्दामा दाेषी ठहरिय ५ वर्ष कैद र ५० हजार जरिवाना सजाय हुने छ । अनुसन्धानकाे नेतृत्व सिआइबीका प्रहरी उपरीक्षक दिपक रेग्मीले गरेका हुन् ।
प्रकाशित मिति : August 25, 2019 at 3:42 pm









