८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मोटरसाइकल चोरेर ल्याउँदै गरेका नुवाकाेट सूर्यगढीका गोपाल राई पक्राउ 

८ भदौ, नुवाकाेट । काठमाडौं महानगरपालिका-१६ बालाजु चोक बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-४ घर भएका २४ वर्षीय गोपाल राईलाई मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।


बालाजु चोकबाट बा.२४ प ९९७५ नम्बरको मोटरसाइकल चोरी गरेर ल्याउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले राईलाई सो मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 25, 2019 at 1:42 pm