११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

बिआरआई कार्यान्वयन गर्न नेपाल-चीन इकोनोमिक कोरिडोरको विकास गराैँः पूर्व प्रधानमन्त्री खनाल

७ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल र चीनबीच अब सांस्कृतिक र व्यापारिक आधारमा सम्बन्धको नयाँ ढंगबाट विकास गर्नुपर्ने बताएका छन । मुआग्डोंग २१ औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तर्राष्ट्रिय एक्सपोमा सम्बोधन गर्दै वरिष्ठ नेता खनालले नेपाल र चीनबीच १६ वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै बिआरआई कार्यान्वयनका लागि नेपाल चाइना इकोनोमिक कोरिडोरको विकास गर्न सकिने बताए ।

उनले ट्रान्स हिमालयन इकोनोमिक कोरिडोरको स्थापना र नेपाल चीनबीचको रेल नेटवर्कको सम्बन्धले सिल्क रोडको ल्हासा काठमाडौँभारत खण्डलाइ पुनर्जिवित पार्ने र जसको मुख्य लाभ नेपालले लिन सक्ने बताए । पूर्वप्रधानमन्त्री खनाललले हाल नेपालले आर्थिक समृद्धि चाहेको उक्त विकास चीन र नेपालको आर्थिक तथा समाजिक सम्बन्धका आधारमा विकसित हुन सक्ने बताए ।

उनले कर नीति, नीति नियम र मुद्राको आदानप्रदानको सीधा प्रणालीलाई सहज बनाउने र अन्य गतिविधिहरूमा दुई देशबीच एक समझदारी हुनु आवश्यक रहेकोमा जोड दिए । सन् २०१७ मा नेपालले चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभको समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।एक फरक सन्दर्भमा कुरा गर्दै खनालले नेपाल भ्रमण वर्ष २०२० सफलताका लागि चीन सरकारले पनि सरकारी स्तरबाटै जानकारीमुलक कार्यक्रम गरिदिनुपर्ने बताए । खनाल चार दिनको चीन भ्रमण सकेर शनिबार राति स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : August 24, 2019 at 11:02 am