१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ

६ भदाै, भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो ।


रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 23, 2019 at 12:22 pm