वर्षाको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध
५ भदाै, नुवाकाेट । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको हो ।

“अवरुद्ध यातायात सञ्चालनका लागि अर्को डाइभर्सन बनाउने काम शुरु भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भन्नुभयो, “साँझसम्ममा यातायात सञ्चालन हुन्छ । डाइभर्सन बगाएका कारण नुवाकोट, रसुवाको यातायात ठप्प भएको छ । रसुवाबाट काठमाडौँ आउनेजाने सवारीसाधान यहाँ रोकिएका छन् । रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली, तुप्चे, मनकामना पहिरेबेँसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ ।
प्रकाशित मिति : August 22, 2019 at 10:30 am









