वरिष्ठ चलचित्र निर्देशक किशोर रानाकाे निधन
४ भदौ, काठमाडौँ । नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको निधन भएको छ । ६४ वर्षको उमेरमा रानाको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको हाे । लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।
रानाले नेपाली चलचित्र कर्जा, सन्तानको माया, राँको, सीमारेखा, करोडपति, एक नम्बरको पाखे, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।
रानाले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए । रानाकाे शुक्रबार अन्तेष्टि गर्ने तयारी भएको परिवारले बताएका छन् ।
प्रकाशित मिति : August 21, 2019 at 5:52 pm









