८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

युटुबरको हुल बोकेर रवि पत्नी निकिता पाैडेल प्रहरी परिसर टेकुमा, उजुरी दर्ता हुन सकेन

४ भदाै, काठमाडाैँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनअास्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिएकी छिन ।

उनले उनीहरू तीन जनाले प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको अारोप लगाएकी छिन। अधिवक्ता राजेन्द्र सेढाइँसहित महानगरी प्रहरी परिसर टेकु पुगेकी पाैडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दिएकी हुन ।  यद्यपि, कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै उनको उजुरी दर्ता हुन सकेको छैन । तस्बीरहरूः रसना ढकाल ।

प्रकाशित मिति : August 21, 2019 at 2:18 pm