श्रीमानकाे कुटाइबाट श्रीमतीकाे मृत्यु
३ भदाै, उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ । गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए । सख्त घाइते मञ्जुको उपचारको क्रममा आज सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । तीर्थलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : August 20, 2019 at 6:21 pm









