८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नुवाकोट तादीको भोर्ले खोल्सामा विजय कट्टेल मृत भेटिए

३ भदाै, नुवाकाेट । नुवाकाेटकाे तादी गाउँपालिकाकाे  भोर्ले खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका छन् ।   भाेर्ले खोल्साको सडकदेखि करिव २० मिटर तल खेतको गरामा सोमवार विहान २३ वार्षिय विजय कट्टेल मृत अवस्थामा फेला परेका हुन् । बसमा सवार गरिरहेका एक यात्रुले शव देखेपछि इलाका प्रहरी कार्यलय खरानीटारलाई लाई खवर गरेका थिए । त्यसपछि प्रहरी र स्थानीयवासी घटनास्थल पुगेका हुन् ।

मृत युवक तादी गाउँपालिका २ बाह्रबिसे निवासी रामबाबु कट्टेल र दुर्गा कट्टेलकी छोरा २३ वार्षिय विजय कट्टेल रहेको बताईएको छ । र हत्या शंकस्पद रहेको र शरीरको अगाडी पछाडि निलडाम, अनुहार चिन्ने अवस्थामा नरहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : August 20, 2019 at 4:19 pm