८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

भक्तपुरकाे लोकन्थलीमा सडक भासियो, ५ घर जोखिममा

३ भदौ, भक्तपुर । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका – १ स्थित लोकन्थलीमा गत राती गएको पहिरोका कारण ५ घर जोखिममा परेका छन् । सडक भासिएर पहिरो जाँदा जोखिममा परेका पाँच घरमा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको रहेको छ ।

खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा जमिन सतहमा असन्तुलन देखिएकाे र लगातार पानी परेपछि सडक भासिएर पहिरो जाँदा स्थानिय पूर्ण सापकोटा, सन्तोष तामाङ, प्रेम लामा, कृष्ण थापा र भरत पौडेलको घर जाेखिममा परेकाे हाे । प्रहरीका अनुसार करिब ४० मिटर सडक भासिएको छ ।

प्रकाशित मिति : August 20, 2019 at 2:09 pm