८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

धादिङमा श्रीमानले श्रीमती र छाेरालाई तारपिन तेल हालेर जलाएपछि…

३ भदाै, धादिङ । धादिङमा श्रीमानले श्रीमती र छाेरालाई तारपिनतेल हालेर जलाएका छन् । मध्य धादिङको सिद्धलेक गाउँपालिका– १ निवासी २५ वर्षीया बिमला दाराई लम्साल र २ वर्षीय छोरा जेनिसलाइ जिवेश लम्सालले जलाएका हुन् । आफ्नै श्रीमती र छोरालाई तारपिनको तेल छर्की आगो लगाएपछि सिद्धलेख गाउँपालिका९१ धारापानी बस्ने लम्साललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडाको कारण जिवेशले श्रीमती र छोरालाई आगो लगाएका हुन् ।  लम्साललाई प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको श्रीमानले तारपिनतेल हालेर जलाएपछि घाइले भएका आमा छाेरा जिल्ला अस्पताल धादिङमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : August 20, 2019 at 1:50 pm