२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

१४० घरधुरीले पिउन पाउने खानेपानी आयोजना सञ्चालनमा

७ बैशाख, काभ्रे । खानेपानीमन्त्री विना मगरले खानेपानी मन्त्रालयले शतप्रतिशत स्वच्छ खानेपानी, सफा वातावरणदेखि सफा घरपरिवार र सुन्दर समाजको लक्ष्य लिएको बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित कपिर महंकाल खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्नुहुँदै उहाँले अझै पनि हरेक गृहिणीका दैनिकी पानीप्राप्तिका लागि गरिने संघर्षमा नै बित्ने गरेको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “अझै पनि धेरैजसो गृहिणीको आफ्ना अमूल्य समय पँधेरो धाउँदैमा खेर गइरहेको छ । त्यस्तो अवस्थाबाट समाजलाई विकास र समृद्ध बनाउनु निकै चुनौतीपूर्ण रहेको छ ” ।

उहाँले गाउँबस्तीको ठाउँ पनि दुर्गम नै रहेको उल्लेख गर्नुहुँदै गाउँका बस्तीको भौगोलिक विकटताका कारण खानेपानी झन कठिनाइको विषय बनेको उल्लेख गर्नुभयो ।

खानेपानीको निकै समस्या रहेको सो ठाउँमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा शान्ति जनआर्दश सेवा केन्द्रको समन्वयमा सञ्चालन भएको उक्त आयोजनाबाट त्यहाँका १४० घरधुरीका ७२९ स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

आयोजना समुदायको नगद सहयोग तथा श्रमदान एवं ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको गरी कूल रु ७९ लाख ३८ हजार १६५ को लागतमा सम्पन्न भएको हो ।रासस

प्रकाशित मिति : April 20, 2018 at 8:50 pm