सरकारी जागिर लगाइदिने भन्दै ४५ लाख ठगी गर्ने नगर अध्यक्ष विश्व कार्कीविरूद्ध उजुरी
३ भदौ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्ष विश्व कार्कीले लोकसेवा आयोग पास गराइदिने र नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै ४५ लाख ३० हजार रुपैयाँ लिएको पीडितहरुले बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर अध्यक्ष कार्कीले आफूहरुलाइ ठगेकाे भन्दै पीडितहरूले उजुरी दिएका छन् ।

बाणगंगा–२ घर भएका कार्कीले शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरी जवानका लागि २ लाख ६० हजार रुपैयाका दरले रकम असुलेकाे पिडितहरूले जनाएका छन् । रकम बुझाएपनि नाम ननिस्किपछि पैसा फिर्ता माग्दा नदिएकाे पीडितहरूले जनाएका छन् । नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले मंगलबार बिहान उजुरी प्राप्त भएको बताउँदै निवेदकहरुसँग छलफल गरिने र कार्की दोषी देखिए कारवाही हुने बताए ।
प्रकाशित मिति : August 20, 2019 at 12:47 pm









