८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सिंहदरबारभित्रै राष्ट्रिय योजना आयोगका नासु मृत भेटिए

३ भदौ, काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगका नासु बच्चुराम केसी मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ ।

 

उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका प्रहरीले गरेकाे छ । केसी किर्तीपुर नगरपालिकाका स्थानिय बासिन्दा भएकाे हुन् । उनको मृत्युबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : August 20, 2019 at 12:34 pm