७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

भोटेकोसीको बाढीले रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगायो

२ भदौ, काठमाडौं । अविरल वर्षाका कारण भोटेकोसी नदीमा आएको बाढीले रसुवामा टिमुरे भन्सार कार्यालय/सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको  छ । पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन् ।

बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारेकाे प्रशासनले जनाएकाे छ ।

प्रकाशित मिति : August 19, 2019 at 11:01 am