७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

पूर्वराजदूत झा हत्या प्रकरणः फेरी पक्राउ परे सुरक्षागार्ड कान्छाराज तामाङ

१ भदौ, काठमाडौँ । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले पुनः सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् । प्रहरीले तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेकाे हाे । पूर्वराजदूत केशवराज झा पत्नी पत्नी ज्ञानुले तामाङविरुद्ध काठमाडौँ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन् ।

गत वर्षकाे भदौ ४ गते ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो । तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि सबै छुटेका थिए । यद्यपि, सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा उनले झुठो बोलेको देखिएको थियो ।

झाको घरमा तामाङ झण्डै एक दशकयता कार्यरत थिए । उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए । परिवारका अनुसार तामाङले तलबलाई लिएर केही समयदेखि असन्तुष्टि व्यक्त गर्ने गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी गाउँ पनौतीस्थित खोपासीमा बसिरहेका थिए ।

तर, उनीमाथि प्रहरीले निरन्तर निगरानी र अनुसन्धान गरिरहेको थियो ।

प्रकाशित मिति : August 18, 2019 at 7:46 pm