७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

घाँस काट्न गएकी नुवाकोटकी किशोरीको लडेर मृत्यु

१ भदाै, नुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो ।

फाइल फाेटाे

उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 18, 2019 at 10:35 am