१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

प्रदेश ४ का सांसद पूर्व गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ, ५ वर्ष जेल जाने

६ वैशाख, काठमाडौँ । प्रदेश ४ का सांसद दीपक मनाङ्गे ज्यान मार्ने उद्योग गरेको अभियोगमा पक्राउ परेका छन । मनाङबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र एमाले मनाङ्गे पार्टीले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका थिए ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेपछि उनी फरार थिए । मनाङ्गलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले पुष्टि गरे । फरार भएपछि उनले सांसदको सपथ समेत लिन पाएका छैनन ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार २०:२६