१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

रातो बंगला स्कुलको दादागिरी, अनुगमनमा गएको अभिभावक संघको टोली गेटमै रोकियो

६ बैशाख, काठमाडौँ । चर्को शुल्क वृद्धि गरेको अभियोगमा अघिल्लो शैक्षिक सत्रमा ताला लागेको रातो बंगला स्कुलमा अनुगमनमा गएको अभिभावक संघको टोली गेटमै रोकिएको छ । अभिभावक संघका अध्यक्ष केशव पुरीको नेतृत्वमा गएको अनुगमन टोलीलाई रातो बंगला स्कुलको प्रशासनले गेटमै रोकेको हो ।

सुवास भण्डारी, वरिष्ठ उपाध्यक्ष, अभिभावक संघ

संघका वरिष्ठ उपाध्यक्ष सुवास भण्डारीले दैनिकीसँग कुरा गर्दै रातो बंगला विद्यालयको प्रशासनले अनुगमन टोलीलाई  एक साता अघि दूर्व्यवहार गरेको बताए । भण्डारीका अनुसार अभिभावक संघका प्रतिनिधिले साह्रै कर गरेपछि उनीहरु भित्र त प्रवेश दिए तर ग्राउण्डको पर्खाल देखाएर पठाएर । चर्को शुल्क लिएको र अघिल्लो वर्षको भन्दा यसबढी बढी शुल्क लिएको भन्ने अभिभावकको गुनासो आएपछि संघ अनुगमनमा गएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार १२:५८