७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेहा कक्कड प्रेममा परेपछि दंग, काे हुन् ति प्रेमी ?

२६ साउन, काठमाडाैँ ।  चर्चित गायिका नेहा कक्कड प्रेममा परेको चर्चा चलेको छ । उनको एक गायकसँग नयाँ प्रेम सम्बन्ध सुरू भएको बताइन्छ । नेहाले इण्डियन आइडलका एक प्रतियोगी विभोर पाराशरसँग डेटिङ गरिरहेकी सामाजिक संञ्जालमा चर्चा चलिरहेकाे छ । सामाजिक संञ्जालमा दुबैको एकसाथ तस्वीर आउन थालेपछि उनीहरूबिच प्रेम रहेको सार्वजनिक भएको हो।

उनीहरू दुबैलाई एक कार्यक्रममा एकसाथ देखिएपछि सोही कार्यक्रममा सार्वजनिक भएका केहि तस्वीरहरूका कारण उनीहरू प्रेममा परेको अनुमान सुरू भएको हो । दुई जनाको प्रेमको चर्चा चल्न सुरू भएको भएपनि विभोरले भने यसलाई कोरा हल्ला भनेर नकारेका छन्।

 

प्रकाशित मिति : August 11, 2019 at 7:20 pm