२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

२३ असोज, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध भएका छन्। महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९औँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी शुक्रबार निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि भएको मनोनयनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षका केही पदमा निर्वारोध निर्वाचित भएका छन्।  वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन्।

त्यस्तै, उपाध्यक्ष पदमा देवी घर्ती, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दिपक गरौजा मगर, नबिन पौडेल, पुस्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लको उम्मेदवारी परेको छ। महासचिवमा भने शिव हमाल निर्विरोध भएका छन्।

प्रकाशित मिति : October 9, 2026 at 12:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/