१० पुष २०८१, बुधबार | Thu Dec 26 2024

“संगठित अपराध”को शैलीमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजीको सर्वत्र स्वागत

५ बैशाख, काठमाडौँ । नेपाल सरकारले लामो समयदेखि यातायात व्यवसायीले लगाउँदै आएको सिन्डिकेट खारेजको नागरिक समाजले स्वागत गरेको छ । धेरै जस्ता नागरिक संस्थाहरुले विज्ञप्ति नै प्रकाशित गरी स्वागत गरेका छन । यसैक्रममा गोगो फाउण्डेसनले बुधबार विज्ञप्ति जारी गरी सरकारको निर्णयको स्वागत गरेको छ । गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले जारी गरेको विज्ञप्तिको व्यहोरा यस्तो छ ।

नाफा नकमाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाका रुपमा दर्ता भएर “संगठित अपराध” कै शैलीमा आम यात्रु ठग्नुका साथै दुःखा दिंदै आएका थिए । बिगतको राजनीतिक तरलताको फाइदा उठाउँदै यस्ता व्यवसायीले यात्रुले निर्वाध सेवा उपभोग गर्न पाउने अधिकारको समेत धज्जी उडाउँदै आएका थिए । केही सीमित व्यवसायीको हितमा सञ्चालन हुँदै आएका यस्ता सिन्डिकेटवालाहरुले नयाँ ब्यवसायीलाई समेत निषेध गर्नुका साथै बिभिन्न बहाना बनाएर हतोत्साहीत गर्दै आएका थिए । यसबाट सर्बसाधारण यात्रुहरुको प्रतिष्पर्धी सेवा पाउने सार्वभौम अधिकार खोसिनुका साथै निर्वाध रुपमा व्यवसाय गर्न पाउने अधिकारबाट समेत बन्चित हुँदै आएका थिए ।

यातायात क्षेत्रको व्यवसायमा प्रवेश गर्न चाहने नयाँ ब्यवसायीले लाखौं रुपैयाँ त्यस्ता संस्थालाई बुझाएपछि मात्रै रुट इजाजतका लागि सिफारिस गर्ने जस्ता गैरकानुनी हर्कत गर्दै आएका थिए ।  त्यसैले विश्वव्यापी मानवअधिकारको समेत हनन् हुनेगरी विद्यमान ऐनकानुनको अपव्याख्या गरेर स्वार्थी सहमूहबाट यातायात क्षेत्रलाई नै बद्नाम गर्ने साथै राज्यको राजश्वसमेत छल्दै आएका यस्ता व्यवसायीलाई हदैसम्मको कारवाही गर्नका लागि सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन ।

विगतमा भएगरेका गैरकानुनी अपराध कर्ममा संलग्न शंकास्पद व्यवसायीहरुको सम्पत्तिसमेत छानवीन गरी संपत्ति सुद्धीकरण ऐनअनुसार संगठित अपराध अन्र्तगत छानबिन गरेर हदैसम्मको कारवाही गर्न सरकारलाई हामी आव्हान गर्दछौं ।

………………………
केदार खडका
कार्यकारी निर्देशक
गोगो फाउण्डेसन

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार १९:२३