२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

गायक रामकृष्ण ढकालले श्रीलालीगुराँस सहकारीकाे ५ करोड ऋण नतिरेको आराेप 

२३ साउन, काठमाडौं । गायक रामकृष्ण ढकालले श्रीलालीगुराँस सहकारीकाे ५ करोड ऋण नतिरेको आराेप लगाउँदै एक दैनिक पत्रिकामा सूचना प्रकासीत  गरेकाे छ । सुचनामा  ‘ऋण तिर्न आउनू’ भन्नेखालको सन्देश छैन तर ढकालले सहकारीविरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरुमार्फत धम्क्याएको आरोप लगाइएको छ ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकाेमा ऋण तिर्न नसकेपछि २०७० सालमा सहकारीले धितोमा राखिएको घर लिलाम गरेको थियो । सहकारीको सूचनाअनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार १३:२७