पत्रकार पुडासैनी झुण्डिएको कोठाबाट झोला हरायो, सिसि क्यामेरा पनि बिग्रियो (भिडियोसहित)
२१ साउन, काठमाडाैँ । माउन्टेन टेलिभिजनमा कार्यरत शालिकराम पुडासैनीको आत्महत्या रहस्यमयी देखिएको छ । वीरगञ्ज जान हिडेँका शालिकराम पुडासैनी नारायणगढको कंगारू होटलमा बसेका थिए तर उनी त्यही झुण्डिएको अवस्थामा सोमबार राति भेटिए । त्यसपछि प्रहरीले परिवारका सदस्यहरूलाइ खबर गरे । अहिले परिवारका सदस्यहरू चितवन पुगेका छन । उनीहरूले घटनाको प्रकृति हेर्दा आत्महत्या नभएर हत्या भएको बताएका छन ।
मृतक पत्रकारका दाजु विष्णु पुडासैनीले प्रहरीले राति ११ बजे खबर गरेपछि चितवन पुगेको बताएका छन । अहिले परिवारका सबै सदस्य जम्मा भएका छन । उनीहरूले घटनाको प्रकृति हेर्दा हत्या भएको दाबी गरेका छन । घटनास्थलमा पुगेका नुवाकोट कांग्रेसका नेता लेखनाथ मुडभरीले दैनिकीसँग कुरागर्दै शालिकरामको झोला गायब हुनुले हत्या भएको परिवारको तर्कमा बल पुगेको बताउँछन ।
उनले बोकेको झोला उनी झुण्डिएका कोठामा अहिलेसम्म नभेटिएको उनी बताउँछन । उनले पनि शालिकरामको अात्महत्या हो भन्ने विश्वसा गर्ने आधार नभएको बताउँछन । होटलमा सिसि क्यामरा भए पनि त्यो बिग्रिएको भनेर होटल सञ्चालकले बताएका छन । उनीहरूले २ महिनादेखि सिसि क्यामरा नचलेको बताएका छन ।
माउण्टेन टेलिभिजनका प्रदेश २ का प्रमुख पत्रकार महेश दाससँग शालिकरामले आफू रिपोर्टिङका लागि वीरगञ्ज आउन लागेको बताएका थिए । तर उनी बाटोमा पनि रिपोर्टिङकै लागि बसे वा के भन्ने अहिलेसम्म खुलेको छैन । दैनिकीको सम्पर्कमा आएका पत्रकार दासका अनुसार उनीले वीरगञ्ज आउने जानकारीमात्र गराएका थिए । तर उनी वीरगञ्ज नपुग्दै चितवनको कंगारू होटलमा मृत भेटिएपछि सहकर्मीहरूको बीचमा समेत सन्नाटा छाएको छ ।

प्रहरीका अनुसार पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए । होटल बुकिङ गरेर केही समय होटलमा कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए र पछि होटलमा अाएर बसेका उनी खाना खान नअाएपछि होटलका कर्मचारीले बोलाउन जाँदा उनीले कोठा नखोलेपछि प्रहरीलाइ खबर गरेको र त्यसपछि वडा प्रहरी कार्यालयका प्रहरीले घटनास्थल नियन्त्रणमा लिएका थिए ।
यो पनि पढ्नुहोस्
-माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार नुवाकोटका शालिकराम पुडासैनीद्धारा झुण्डिएर आत्महत्या
-झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीलाई रवि लामिछानेले टेलिभिजनमा ल्याएका थिए
-झुण्डिनु अघि पत्रकार पुडासैनीले कोसँग भेटे ? मृत्यु रहस्यमय भन्दै सामाजिक सञ्जालमा आक्रोश
-रवि लामिछाने भन्छन, ‘शालिकराम पुडासैनी छातीमा लात्त्ती खाईखाई पनि प्रश्न सोध्न नडराउने मान्छे’
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : August 6, 2019 at 12:06 pm









