१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री बालेन

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको बताएका छन्।आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री शाहले भनेका छन्, ‘एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हार्दिक शुभकामना ।’ एनपिएलको उद्घाटन खेल आज साँझ ५ बजेदेखि सुरु हुँदैछ।

प्रकाशित मिति : October 26, 2026 at 9:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/