रवि लामिछाने भन्छन, ‘शालिकराम पुडासैनी छातीमा लात्त्ती खाईखाई पनि प्रश्न सोध्न नडराउने मान्छे’
२१ साउन, काठमाडाैँ । पत्रकार रवि लामिछानेले अाफूले पत्रकार बनाएर शालिकराम पुडासैनीको मृत्युपछि सामाजिक सञ्जालमार्फत दुःख प्रकट गरेका छन । उनले शालिकरामलाइ मर्न नडराउने व्यक्तिको रूपमा चित्रित गरेका छन । उनले शालिकराम छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न मान्छे रहेको बताएका छन ।

रविले लेखेका छन ‘स्तब्ध छु।मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलाल् । छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ।’

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन पुगेका छन ।
भरतपुर महानगरपालिकाको पोखरा बसपार्कको होटल कंगारूमा झुण्डिएका युवाको साथबाट प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनी नै रहेको पुष्टि गरेको छ । प्रहरीका अनुसार उनको परिवार घटनास्थलमा पुगेको छ । अहिले मुचुल्चा तयार गर्ने काम भैरहेको छ । उनी नाइलको डोरी पंखामा पासो लगाएर झुण्डिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए । होटल बुकिङ गरेर केही समय होटलमा कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए र पछि होटलमा आएर बसेका उनी खाना खान नआएपछि होटलका कर्मचारीले बोलाउन जाँदा उनीले कोठा नखोलेपछि प्रहरीलाइ खबर गरेको र त्यसपछि वडा प्रहरी कार्यालयका प्रहरीले घटनास्थल नियन्त्रणमा लिएका थिए ।
यो पनि पढ्नुहोस्
-माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार नुवाकोटका शालिकराम पुडासैनीद्धारा झुण्डिएर आत्महत्या
-झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीलाई रवि लामिछानेले टेलिभिजनमा ल्याएका थिए
-झुण्डिनु अघि पत्रकार पुडासैनीले कोसँग भेटे ? मृत्यु रहस्यमय भन्दै सामाजिक सञ्जालमा आक्रोश
प्रकाशित मिति : August 6, 2019 at 10:43 am









