झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीलाई रवि लामिछानेले टेलिभिजनमा ल्याएका थिए
२१ साउन, काठमाडाैँ । चितवनको पोखरा बसपार्कमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकाराम पुडासैनी केही साता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका हुन । उनले लामोसमय न्यूज २४ टेलिभिजनमा रवि लामिछानेसँग काम गरेका थिए । त्यही कारण उनले रविलाइ गुरू भन्ने गरेका थिए । उनले गएको गुरू पूर्णिमाका दिन अाफ्नो फेसबुक प्रोफाइल चेन्ज गर्दै रविसँगको फोटो राखेर गुरू पूर्णिमाका दिन दादालाइ सम्झिए भन्दै तस्बीर पोष्ट गरेका थिए । सिधा कुरा जनतासँग कार्यक्रम चर्चित बनाउन रवि लामिछानेलाइ साथ दिएका उनी फेसबुकमा समेत चर्चित थिए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन पुगेका छन ।
भरतपुर महानगरपालिकाको पोखरा बसपार्कको होटल कलशमा झुण्डिएका युवाको साथबाट प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनी नै रहेको पुष्टि गरेको छ । प्रहरीका अनुसार उनको परिवार घटनास्थलमा पुगेको छ । अहिले मुचुल्चा तयार गर्ने काम भैरहेको छ । उनी नाइलको डोरी पंखामा पासो लगाएर झुण्डिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए । होटल बुकिङ गरेर केही समय होटलमा कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए र पछि होटलमा आएर बसेका उनी खाना खान नआएपछि होटलका कर्मचारीले बोलाउन जाँदा उनीले कोठा नखोलेपछि प्रहरीलाइ खबर गरेको र त्यसपछि वडा प्रहरी कार्यालयका प्रहरीले घटनास्थल नियन्त्रणमा लिएका थिए ।
यो पनि पढ्नुहोस्
-माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार नुवाकोटका शालिकराम पुडासैनीद्धारा झुण्डिएर आत्महत्या
-झुण्डिनु अघि पत्रकार पुडासैनीले कोसँग भेटे ? मृत्यु रहस्यमय भन्दै सामाजिक सञ्जालमा आक्रोश
-रवि लामिछाने भन्छन, ‘शालिकराम पुडासैनी छातीमा लात्त्ती खाईखाई पनि प्रश्न सोध्न नडराउने मान्छे’
प्रकाशित मिति : August 6, 2019 at 8:13 am









