झुण्डिनु अघि पत्रकार पुडासैनीले कोसँग भेटे ? मृत्यु रहस्यमय भन्दै सामाजिक सञ्जालमा आक्रोश
२१ साउन, काठमाडाैँ । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले मृत्यु अघि जग्गा व्यवसायीसँग भेटघाट गरेको बुझिएको छ । पुडासैनाीले मृत्युअघि केही जग्गा व्यवसायीसँग छलफल गरेको चितवनको साैराहा अनलाइनले भिडियोसहित पुडासैनीको समाचार प्रकाशन गरेको छ । उसले पुडासैनीको झुण्डिएको अवस्थाको तस्बीर समेत सार्वजनिक गरेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन पुगेका छन । उनी नाइलनको डोरी पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा रहेका छन ।
एउटा खुट्टा खाटमा र एउटा खुट्टा झुण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको छ । पुडासैनी झुण्डिएको डोरी भुइँमा समेत लतारिएको छ । उनी दुइवटा खाटको बीचमा टेबुल राखेर पंखामा पासो लगाउन पुगेको जस्तो पनि देखिन्छ यद्यपी एउटा खुट्टा खाटमा टेकिइरहेको अवस्था हेर्दा कसैले झुण्डाएको हो कि भन्ने शंका गर्ने ठाउँसमेत रहेको छ ।

पुडासैनी त्यहाँ रिपोर्टिङकै लागि पुगेका थिए वा अन्य कामले गएका थिए भन्ने केही खुलेको छैन । यसबारेमा उनीकार्यरत माउन्टेन टेलिभिजनले अहिलेसम्म कुनै अाधिकारिक सूचना जारी गरेको छैन । समाजिक सञ्जालमा भने शालिकरामको हत्या भएको भन्दै चर्को बिरोध भैरहेको छ । धेरैले शालिकरामको मृत्यु शंकास्पद भएको भन्दै छानविनको माग गरेका छन ।
यो पनि पढ्नुहोस्
-माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार नुवाकोटका शालिकराम पुडासैनीद्धारा झुण्डिएर आत्महत्या
-झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीलाई रवि लामिछानेले टेलिभिजनमा ल्याएका थिए
-रवि लामिछाने भन्छन, ‘शालिकराम पुडासैनी छातीमा लात्त्ती खाईखाई पनि प्रश्न सोध्न नडराउने मान्छे’
प्रकाशित मिति : August 6, 2019 at 9:35 am









