७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार नुवाकोटका शालिकराम पुडासैनीद्धारा झुण्डिएर आत्महत्या

२१ साउन, चितवन । माउन्टेन टेलिभिजनमा कार्यरत एक पत्रकार झुण्डिएको अवस्थामा फेला परेका छन । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले  जनाएको छ । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन आइपुगेका छन ।

भरतपुर महानगरपालिकाको पोखरा बसपार्कको होटल कंगारूमा झुण्डिएका युवाको साथबाट प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनी नै रहेको पुष्टि गरेको छ । प्रहरीका अनुसार उनको परिवार घटनास्थलमा पुगेको छ । अहिले मुचुल्चा तयार गर्ने काम भैरहेको छ । उनी नाइलको डोरी पंखामा पासो लगाएर झुण्डिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए । होटल बुकिङ गरेर केही समय होटलमा  कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए र पछि होटलमा आएर बसेका उनी खाना खान नआएपछि होटलका कर्मचारीले बोलाउन जाँदा उनीले कोठा नखोलेपछि प्रहरीलाइ खबर गरेको र त्यसपछि वडा प्रहरी कार्यालयका प्रहरीले घटनास्थल नियन्त्रणमा लिएका थिए ।

उनी माण्टेन टेलिभिजनको मिसन न्युज कार्यक्रममा काम गर्थे । लामो समय रवि लामिछानेसँग सिधाकुरा जनतासँग कार्यक्रममा काम गरेका पुडासैनी केहीसाता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका थिए । उनी टेलिभिजनको उच्च  व्यवस्थापनसँग सीधा सम्पर्क गरी मिसन न्युजमा काम गर्न पुगेका थिए । उक्त कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उनैले लिएका थिए । चितवन पनि उनी रिपोर्टिङकै लागि पुगेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

-झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीलाई रवि लामिछानेले टेलिभिजनमा ल्याएका थिए

-झुण्डिनु अघि पत्रकार पुडासैनीले कोसँग भेटे ? मृत्यु रहस्यमय भन्दै सामाजिक सञ्जालमा आक्रोश

-रवि लामिछाने भन्छन, ‘शालिकराम पुडासैनी छातीमा लात्त्ती खाईखाई पनि प्रश्न सोध्न नडराउने मान्छे’

प्रकाशित मिति : August 6, 2019 at 7:28 am