३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

हनुमानढोकाबाट स्वयम्भूसम्म ‘सम्पदा मार्ग’ निर्माण गर्दै काठमाडौँ महानगरपालिका

https://www.muktinathbank.com.np/online/loan-application

२० साउन, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले घनाबस्तीका बीचमा समेत रमणीय वातावरणमा पैदल यात्राका लागि ‘सम्पदा मार्ग’ निर्माण गर्ने भएको छ । हनुमानढोकाबाट स्वयम्भूसम्मको पदयात्रा निर्माणका लागि गुरुयोजना बनिसकेको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।

आन्तरिक र बाह्य दुवै खालका पर्यटकलाई आकर्षित गर्न सो मार्ग निर्माण गर्न लागिएको उहाँले जानकारी गराउनुभयो । हिँड्नका लागि रमणीय वातावरण बनाउन कामपा, शहरी योजना आयोगले डिजाइन गरिसकेको छ । यो मार्ग नयाँ नभएर पुरानै मार्ग भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलेदेखिको सो मार्ग ब्यूँताउनका लागि मात्रै हामीले योजना बनाएका हौँ ।”

सम्पदा मार्गले पर्यटकसँगै स्थानीयवासीलाई समेत फाइदा गर्ने प्रवक्ता डङ्गोलले बताउनुभयो । घनाबस्तीका कारण काठमाडौँमा हिँड्ने ठाउँ बाँकी नरहेकोे उहाँको भनाइ छ । अहिले कतिपयले रोगका कारण त कतिपयले त्यसै पनि नियमितरुपमा हिँड्न चाहेका उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक बिहान साँझ हिँड्न चाहँदा पनि सवारी चापका कारण हिँड्न सकिरहेका छैनन् । उहाँले भन्नुभयो, “पैदलयात्रु मात्रै हिँड्ने मार्ग निर्माण गरेपछि बालकदेखि वृद्धसम्म सबै निर्धक्क हिँड्न सक्नेछन् ।”

शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले आयोगले आगामी आवको कार्यक्रममा परेका ४२ आयोजना जस्तै सम्पदा मार्गका लागि डिजाइन भइसकेको बताउनुभयो । सो मार्ग हिँड्दा सबै उमेर र सबै क्षेत्रका व्यक्तिलाई आनन्द लाग्ने गरी डिजाइन गरिएको छ । उहाँले भन्नुभयो, “मार्गमा परेका कतिपय घरलाई क्षतिपूर्ति दिएर भए पनि योजना अघि बढाउनुपर्छ ।” महानगरले सम्पदा मार्गको निर्माण सम्पन्न भएपछि पशुपतिदेखि बौद्धसम्मको समेत सम्पदा मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : August 5, 2019 at 5:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/